×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स् बैंकको सीइओमा गणेशराज पोखरेल नियुक्त, बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको २९५औं संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । स्थापनाकाल देखिनै बैंकसँग आबद्ध रहेका उनी ०६५ साल देखिनैे दोस्रो वरियतामा रहँदै आएका थिए ।
त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पोखरेलले बिगत २५ वर्षभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव हाँसिल गरिसकेका छन् । 
नवनियुक्त प्रमुखकार्यकारी अधिकृत पोखरेलले नीति नियमको अनुपालना आफ्नो पहिलो प्राथमिकतामा पर्ने र बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता जनाएको बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख चाह
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: