×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ५ लाख ९७ हजार इकाई ऋणपत्रमा भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ५ लाख ९७ हजार इकाई ऋणपत्रमा भर्ने आज अन्तिम दिन

काठमाडौं – ग्लोबल आइएमई बैंकको सर्वसाधारणका लागि खुला गरेको ५ लाख ९७ हजार इकाई ऋणपत्र भर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले फागुन १५ देखि १९ गतेसम्म ऋणपत्र निष्कासन गर्दा माग अनुसार आवेदन नपरेपछि बिहीबार (चैत १४ गते) सम्म समय थप गरेको हो ।
बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक १०.२५% ब्याज पाइनेछ । यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । सी-आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।
बैंकले कुल १५ लाख इकाईमध्ये ३० हजार इकाई म्युचुअल फन्डलाई छुट्याएको थियो । म्युचुअल फन्डले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्रीमा ल्याइएको हो । कुल जारीमध्ये ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: