×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५०%सम्म छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५०%सम्म छुट

काठमाडौँ – ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर द्वारा संचालित)बीच हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले रेडियन्ट लाईफ केयर सँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राज्य लक्ष्मी राणाले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि भारतको नयाँ दिल्लीमा बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।
हालसम्म बैंकले १ सय ३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: