सुनको मुल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ६० हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ६० हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ७ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal