हाथवे फाइनान्सले चैत २६ मा डाक्यो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : हाथवे फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २६ गते

विवरण : 
हाथवे फाइनान्सले चैत २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्नेको लागि बोलाएको हो । यसअघि कम्पनीले १ः१.८० अनुपात (१८०%) मा ५४ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

तर हाथवेलाई ग्लोबल आइएमई बैंकले एक्वायर गर्ने भएपछि हकप्रद प्रस्ताव रद्द गर्न लागिएको हो । कम्पनीले सभाको लागि चैत १३ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्ने
सञ्चालक समिति अध्यक्षले पेश गर्ने २०७४–७५ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सानको हिसावका सम्बन्धमा छलफल गरी अुनमोदन गर्ने
लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने

सभा हुने स्थान र समय :
रत्न इन धरान, सुनसरीमा विहान ११ बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड रुपैयाँ
प्रकाशित : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal