आईएमएस लिटिल स्माइल्स्को शोरुम सिटी सेन्टरमा, विश्व प्रशिद्ध ब्राण्डका उत्पादन पाईने

काठमाडौं - साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमल पोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्व प्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ ।

यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, पेसिफिएर, बोटल, टुथब्रस, कप्स, टिथरको प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रीवितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताए ।
प्रकाशित मिति : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal