×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

श्रम कार्यालयमा भावुक पत्र : ‘जनता बैंकमा काम गर्नु दुर्भाग्य रहेछ, हाकिमले करियर बिगारिदिने धम्की दिए…’

एक पटक तपाईं तलको पत्रको कन्टेन्ट राम्रोसँग पढ्नुहोस् । यो पत्र जनता बैंकका एक पूर्व कर्मचारीले नेपाल राष्ट्र बैंकलाई समेत सीसी गरेर श्रम विभागमा पठाएको पत्र हो ।  
२०७५÷१२÷०४
श्रीमान् प्रमुख ज्यू
श्रमिक हक हित प्रवर्दन इकाई
श्रम बिभाग काठमाडौं, नेपाल ।
विषय– जनता बैंक नेपाल लिले नियम विपरित कट्टा रकम फिर्त गर्न आवश्यक पहल गरी ससहयोग गर्ने ससम्बन्धमा
उपरोक्त सम्बन्धमा म जनता बैंक नेपाल लि मा वि.सं २०७४÷०८÷२५ गते कर्माचारी नियुक्त भै करीब नौ महिनको काम गरी जनाता बैंक नेपालको कर्मचारी बाट त्यस बैंकमा रहेको चरम शोषण, अनावश्यक यतना बाट दिक्क भएर राजीनामा दिन वाध्य भए तर जनता बैंक नेपाल लि का हाकिमहरुको करियर बिगार्दिन्छु भन्ने धम्की सम्जेर डराएर घरायएसी कारणले भनेर राजीनामाको कारण दिए ।आजको दिनमा मेरो राजीनामा सुईकृत भैसकेको अवस्था हो तथापी मैले पाएको यतना र म माथि भएको सोषणको सुनुवै होस् भनी यो निबेदन लेखेको छु ।
श्रीमान् , यस बैंकले आफ्नो प्रचलित कर्मचारी बिनियवली बिपरित म सँग सम्जौता गरी सुरु देखिनै मलाई फसाइसकेको रहेछ भनेर मलाई बैंकबाट राजीनामा गर्ने समयमा बल्ल अएर थाहा भयो । जनता बैंकको कर्मचारी बिनियवली अनुसार मैले एक महिनको पूर्व सुचना दिएर बैंक त्याग्न सक्ने थिए तथापी मलाई तीन महिनको सुचना दिनुपर्ने भनेर सम्झौता गरिएको रहेछ । म राजीनामा दिदा बैंकको कर्मचारी बिनियमावली अनुसार एक महिनको अग्रिम सुचना दिएर पदमुक्त चिठ्ठी माग गर्दा मलाई बैंकले अतिरिक्त १,०८,००० रकम माग गर्यो र त्यो रकम जम्मा नहुन्जेलसम्म कुनै किसिमको कर्मचारी खाताको हिसाव मिलान नहुने भनी मानव संसाधन विभागले जानकारी दियो ।
वास्तवमा जनता बैंकको कर्मचारी भएर काम गर्नु एउटा दुर्भाग्य मात्र हो । हामी कर्मचारीले आफ्नो अमूल्य समय संस्थालाई दिएर आफ्नो निजी जिन्दगीको कुनै दुःख लाई दुःख नभनेर दिन रात अनवरत रूपमा बिहान ७ देखि  बेलुकिको १० बजेसम्म आवश्यकता भन्दा कम कर्मचारीबाट काम गराउने प्रविर्ति रहेको यस बैंकमा काम गरेको कुरा बैंक को सिस्टममा आज पनि सायद हेर्न सकिएला । यति गर्दा गर्दैपनि म लगायत सबै कर्मचारीलाई अनावश्यक रूपमा तँ तँ र म म गरेर गाली गलौजको दैनिक ईमेल, फोन, फकेबूक र प्रतक्षय भेटेर समय समयमा मानसिक रूपमा यातना दिएको कारणले गर्दा जनता बैंक छोड्न बाद्य भएँ ।
म एउटा समान्य परिवारको मान्छे हुँ । मेरो आफ्नो तत्कालिन समयको पारिश्रिमक रु ३६,००० मासिकको दरल ३ महिनको रु १,०८,००० हर्जाना भनी कट्टा गरियो । त्यति मात्र नभएर मेरो राजीनामा समाप्त हुनु ४ दिन अघि मलाई दुःख दिने मानसिकता राखेर मलाई सरुवा त्यो पनि मेरो निमित्त शाखा प्रमुखलाई बाध्य बनाएर लेख्न क्षेत्रिय प्रमुखले निर्देशन दिए। म जस्तो रु ३६,००० ले परिवार पाल्न पर्ने मान्छेलाई रु १,०८,००० को सरसापटको भार आज बैंक छाढिसकेको ६ महिनासम्म पनि परीरहेको छ । आफ्नो मानसिक, शारीरिक स्वास्थ्यमा, परिवारको खुसी,स्वास्थ्यमा जनता बैंकको जागिरले पारेको असरबाट ठूलो क्षति हुनुअघि नै निसकन बाध्य भएँ।
माथी उल्लेखित सम्पूर्ण व्यहोराको आधारमा मैले जनता बैंकलाई बुजाएको अतिरिक्त रकम रु १,०८,००० फिर्ता गराउनको लागि त्यहाँबाट आवश्यक पहल पुर्याई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
निवेदक
हाल भरतपुर महानगरपालिका ०२, चितवन
९८५५०****
(हामीले पीडितकै इक्षा अनुसार उनको नाम हटाएका छौं ।)

यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: