×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंक र हाम्रो विकास बैंकको एकिकृत कारोबार शुरु, ज्योति भयो सबैभन्दा ठूलो विकास बैंक

काठमाडौं – राष्ट्रियस्तरकाे ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी ज्योति विकास बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको हो ।
उक्त एकिकृत कारोबारको शुभारम्भ शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरेका छन् ।
साथै, ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले अब थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी, ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको बताएका छन् । साथै, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउँदै लघुकर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उनले जानकारी दिए ।
एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि पुगेको ज्योति विकास बैंकले सो अवसरमा नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ । अब विकास बैंकको एटिएम संख्या २३, शाखा संख्या ९५ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको संस्थाले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: