कामना सेवा विकास बैंककोे ७०औं शाखा बिर्तामोडमा, तुलाचन र बस्नेतले गरे उद्घाटन


काठमाडौँ - कामना सेवा विकास बैंकले झापा जिल्ला, बिर्तामोड नगरपालिकाको वडा नं ०४,भद्रपुर रोडमा आफ्नो ७० औं शाखा कार्याल विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा अउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी दिए । यस बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिए ।

हाल सम्म बैंकले मुलुकभर ६९ वटा शाखा कार्यालय तथा २४ वटा एटिएम मार्फत आफना गा्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित : Tuesday, March 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal