×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकद्धारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १ सय ६३ जना लाभान्वित

काठमाडौँ – कामना सेवा विकास बैंंकको कुश्मा शाखाले वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग नगरपालिका १४, नाराणस्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरवाट नारायणस्थान कैया,सरङ्गे लगायत क्षेत्रका १ सय ६३ जना महिला तथा पुरुष विरामीहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।
शिविरमा डा.सागर कुमार राज भण्डारी वरिष्ठ अहेव यम प्रसाद शर्मा,ऋषिराम शार्म तथा कुश्मा अस्पतालका अन्य प्राविधिकहरुको सहभागिता रहेको थियो । उपचारको क्रममा अघिकांस महिलाहरुमा पाठेघरको समस्या उच्च रक्तचाप,फोक्सोको दिर्घ रोग देखीएको डा.सागरकुमार राज भण्डारीले बताए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि हरु संचालन गर्दै आईरहेको छ । शाखा विस्तारमा अक्रमक रुपमा लागेको वैकको मुलुकभर ७४ शाखा रहेका छन् ग्रहाकलाई गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: