कामना सेवा विकास बैंकको भिजा डेबिट कार्ड सञ्चालनमा, भारत र भुटानमा समेत प्रयोग गर्न सकिने


काठमाडौँ - कामना सेवा विकास बैंकले भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । उक्त कार्डको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले गरे । 

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भिजा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए । साथै, यस कार्डको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे । 

हालसम्म संस्थाले ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फतग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले अन्य आधुनिक बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै छ ।
प्रकाशित : Sunday, March 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal