कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई उपचारमा विशेष छुट

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख श्री सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख श्री दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।
प्रकाशित मिति : Friday, March 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal