कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा, ‘पहिलो विकास बैंक बन्ने दिन धेरै टाढा छैन’

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले भिसा डेबिट कार्डको औपचारिक उद्घाटन गरेको हो । बैंकका प्रमुख कार्यकारी अध्यक्ष प्रविण बस्नेतले अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन् ।

डेबिट कार्ड सेवा सुरु गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्ने समेत सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने दाबी गरे ।

बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गर्दै कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो बन्ने दिन धेरै टाढा नभएको बताए ।
प्रकाशित : Friday, March 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal