×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रौतहटको चन्द्रपुरमा कामना सेवा विकास बैंकको नयाँ शाखा सञ्चालन, अधिकारी र बस्नेतद्वारा उद्घाटन

 रौतहट

काठमाडौँ – कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । साथै व्यापार विस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै हप्तामा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको बताए ।
हालसम्म बैंकले ७४ वटा शाखा तथा ३० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: