×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकद्वारा नयाँ समाज नेपाललाई आर्थिक सहयोग

काठमाडौँ – कुमारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वर स्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ । उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत छ । उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।
हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८७ शाखा कार्यलय, ८३ एटिम र २ एक्सटेन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: