लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन तथा खानेपानी वितरण

काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले महाशिवरात्री २०७५ को उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

कम्पनीले आफ्नो स्वयमसेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।
प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal