×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको सीइओ बन्न लक्ष्मण रिसाल अमेरिकाबाट फर्कने चर्चा, बोर्डका अधिकारीसँग पटक-पटक वार्ता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ब्याज प्रकरणमा एनआइसी एशिया बैंकबाट राजीनामा दिएर अमेरिका हानिएका लक्ष्मण रिसाल पुन: नेपाली बैंकिङ क्षेत्रमा फर्कने चर्चा सुरु भएको छ । सनराइज बैंकबाट अहिलेका सीइओ रत्न राज बज्राचार्यले यहि मे देखि बिदा लिने भएपछि अवको सीइओका रुपमा रिसाललाई ल्याउने तयारी भएको बैंकका एक संचालकले अर्थ सरोकार डटकमसंग भने ।
‘रत्नजीले बैंक छोड्दै हुनुहुन्छ । बजारमा सीइओ बनाइनुपर्ने खालका कोहि पनि खास खाली छैनन् । लक्ष्मणजीसंग कुरा भइरहेको छ । उहाँ पनि पोजेटिभ हुनुहुन्छ ।’ एक संचालकले भने । ‘अमेरिका गएको मान्छे फेरी सनराइज बैंककै सीइओ बन्नका लागि नेपाल फर्केलान् त ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘उहाँको दीर्घकालीन योजना अमेरिका नै बस्ने होइन भन्ने हाम्रो बुझाइ हो । हामीसँगको कुराकानीमा उहाँ आफु आउन तयार भएको जस्तै कुरा गरिरहनुभएको छ । हेरौं के हुन्छ। ‘
यता लक्ष्मण रिसालले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहिरहेका छैनन् । यद्यपी उनी आफु पुन: एक पटक नेपाली बैंकिङ क्षेत्रमै काम गर्ने योजनामा रहेको सुनाउने उनी निकटहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकले लगाएको कुलीङ सक्किएर बसेका केहि सीइओमध्ये उनी पनि हुन् । उनी लामो समय बैंकिङ अनुभव रहेका व्यक्ति हुन् ।       
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: