माछापुच्छ्रे बैंक र एशियन लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा खरिद गर्न सकिने


काठमाडौँ - एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal