'करोडौंको सम्पत्ति थियो, माछापुच्छ्रे बैंकले सडकमै पुर्यायो...' (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एक विद्वानले भनेका छन्, 'बैंक त्यस्तो संस्था हो, जसले तपाईंलाई घाम लाग्दा (वा सफेद मौसम हुँदा) छाता दिन्छ, र पानी पर्दा त्यो छाता खोस्छ । नेपाली बैंकिङ क्षेत्रमा पनि यो उखान चरितार्थ त भइरहेको छैन ? भन्ने चर्चा परिचर्चा हुँदै गर्दा माछापुच्छ्रे बैंक लिमिटेडले एक ग्राहकको हकमा त्यस्तै गरी सफेद मौसम भएको बेला दिएको सहयोग पानी पर्दा खोसेको खुलासा भएको छ ।

माछापुच्छ्रे बैंकले आफुलाई करोडपतिबाट सडक छाप बनाइदिएको, बैंकले भित्री मिलेमतोमा आफ्नो सम्पत्ति खाइदिएको, आफ्नो जीवन नै बर्बाद बनाइदिएको लगायतका गुनासो बोकेर पोखराका अर्जुन पौडेल अर्थ सरोकार डटकमको कार्यालयसम्म आइपुगे । त्यसपछि उनले आफुलाई बैंकले डुबाएको पीडा स-बिस्तार पोखे । उनको भनाइ सुनीसकेपछि हामीले यस विषयमा बैंकको धारणा पनि मागेका छौं । हेरौं अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यो साताको विशेष प्रस्तुती :
प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal