डल्लु र तीनचुलीमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या ९२ पुग्यो

 तीनचुली
काठमाडौं - महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गरेको छ ।

बैंकले काठमाडौँमा दुई नयाँ शाखामार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।

उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।
प्रकाशित मिति : Friday, March 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal