×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दक्षिण कोरियाका नेपालीलाई अब मेगा बैंकबाट रकम पठाउन सजिलो, ‘मेगा रेमिट’ को सञ्जाल बिस्तार

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकले ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो ।
कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।
मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधि मार्फत शून्य मौज्दात मै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ ।
जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: