×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं – तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार एक–आपसमा गाभिने (मर्जर) सम्झौता भएका छन् । उक्त मर्जरपछि बन्ने बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंंक रहने छ भने केन्द्रिय कार्यालय तिनाउ विकास बैंकको केन्द्रिय कार्यालय नै रहने सम्झौता भएको छ । मर्जर सम्बन्धी सम्झौता भएसँगै यी दुवै बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । 
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तिनाउ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका प्रदिप कुमार श्रेष्ठलाई निरन्तरता दिइने भएको छ । हाल मिसनको सीइओ रहेका हरि प्रसाद धिमिरेलाई भने नायव सीइओको जिम्मेवारी दिइनेछ । 
मर्जरपश्चात बैंकको चुक्ता पूँजी १ अर्व १४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै निक्षेप संकलन १० अर्व १२ करोड रुपैयाँ तथा कर्जा कर्जा लगानी ८ अर्व ८३ करोड रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: