×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौं – माउन्टेन हाइड्रोको आज आइपीओ बाँडफाँट भएको छ । उक्त आइपिओ बाँडफाँटमा आवेदक सबैले ३० कित्ता प्राप्त गरेका छन् । कुल २३ हजार ९ सय ६५ जनाले थप १० कित्ताका दरले सेयर पाएका अधिकतममा ४० कित्तासम्म प्राप्त गरेका छन् । आइपिओ बाँडफाँटमा १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर भने रद्द भएको छ । 
सिद्धार्थ क्यपिटलको कार्यालयमा आइतबार सेयर बाँडफाँट गरिएको हो । माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ९५४ जनाले सेयर भरेका छन् । 
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: