माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाटँ हुने, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौं - माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपीओ आइतबार (चैत ३ गते) बाँडफाटँ हुने भएको छ । प्राप्त जानकारी अनुसार उक्त आइपिओ बाँडफाटँ आइतबार बिहान १० बजे सिद्धाथको केन्द्रीय कार्यालय नक्सालमा हुने भएको छ ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ६७२ जनाले सेयर भरेका छन् । आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Friday, March 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal