×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महेन्द्रनगर र विरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालन, शाखा संख्या ११४ पुग्यो

 महेन्द्रनगर

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।
महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना व्यक्त गरे ।
वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरिन् । शाखा कार्यालय समुद्घाटन गर्दैे ढकालले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको बताइन् ।
हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: