×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने जनाइएको छ ।
साथै बैंकले एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउन जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: