शाखा विस्तारमा आक्रामक बन्दै नेपाल बङ्गलादेश बैंक, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ - नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा ८२, ८३, ८४ र ८५औं शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले फागुन २६, २७ र २८ गतेबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टीकापुरमा र बाँके जिल्लाको कोहलपुरमा शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

बैँकलेसर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् ।
प्रकाशित मिति : Wednesday, March 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal