एनसीसी बैंकका सबै शाखाबाट अजोड इन्स्योरेन्सका बिमा पोलिसी खरिद गर्न सकिने

काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र अजोड इन्स्योरेन्स लि. बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : Tuesday, March 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal