×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा सञ्चालन, हमाल र बास्तोलाले गरे उद्घाटन

 कञ्चनपुर

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे ।
उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका प्रबन्धक रविन्द्र केसीले उपस्थित प्रमुखअतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: