×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा, नगरपालिकाका मेयर शाहले गरे उद्घाटन

 सिराहा

काठमाडौँ – एनआईसी एशिया बैंकले सिराहाको गोलबजार शाखाको औपचारीक शुभारम्भ गरेको छ । बैंकको सिरहाको गोलबजार नगरपालिका वडा नं ४ मा रहेको गोलबजार शाखाको उद्घाटन एक समारोहका विच गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले गरे । शाखाको समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे । पुर्वाधारको हिसाबले अगाडी रहेका भएपनि वित्तीय पहुँचमा कमजोर रहेको २ नंम्बर प्रदेशमा बैंकले शाखा विस्तारलाई प्राथमीकतामा राखेको देखिन्छ । बैंकको २ नम्बर प्रदेशमा मात्र ४३ शाखा रहेको छ ।
सर्वसाधारणले अत्याधिक रुचाएको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् । सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । मुलुकको हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उदेश्यले चाँडै नै अन्य विभिन्न स्थानहरुमा थप शाखा कार्यालय संचालन गर्ने योजना बैंक रहेकोे छ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: