×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकको ४० लाख कित्ता ऋणपत्र बाडँफाँट

काठमाडौं – एनआइसी एसिया बैंकको ४० लाख कित्ता ऋणपत्र शुक्रबार बाडँफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार कुल १ हजार ९९ जना आवेदकलाई माग अनुसार नै ऋणपत्र बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई कुल १ लाख ४१ हजार ८८ कित्ता ऋणपत्र बाँडफाँट भएको हो ।

यस्तै, एनआइसी एसियाले आफ्नै पहलमा २६ वटा विभिन्न संघसंस्थाहरुलाई २२ लाख ६३ हजार ६०० कित्ता बिक्री गरी बाँडफाँट गरेको छ । यसआधारमा कुल ४० लाख कित्तामध्ये सर्वसाधारण र अन्य संघसंस्थालाई गरी २४ लाख ४ हजार ६८८ कित्ता मात्र बिक्री भएको देखिन्छ । ३९.८८% ऋणपत्र बिक्री हुन सकेको छैन । बैंकले माघ १३ देखि फागुन १३ गतेसम्म ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । 
म्युचुअल फन्डलाई ८० हजार कित्ता छुट्याइएको थियो । तर म्युचुअल फन्डबाट आवेदन नपरेपछि सर्वसाधारणलाई नै थप गरिएको छ । एनआइसीले यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: