एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीमा, गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले गरे उद्घाटन

काठमाडौँ - एनआईसी एशिया बैंक लि.को नयाँ शाखा सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा सञ्चालन भएको छ । महादेवा शाखाको उद्घाटन एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । 

मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, March 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal