एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा, नगर प्रमुख उत्तमकुमार शर्माले गरे उद्घाटन

काठमाडौँ - एनआईसी एशिया बैंक लिले को सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले फागुन २७ गते एक समारोहबीच उद्घाटन गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरेका थिए । बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।
प्रकाशित : Monday, March 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal