×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईशी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा, नगर प्रमुख शम्भुप्रसाद यादवले गरे उद्घाटन

काठमाडौं – एनआईशी एशिया बैंकको नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले सप्तरीको राजविराज नगरपालिका स्थित २७७ औं शाखाको स्थापना गरेको छ । सोमबार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
सबैभन्दा धेरै शाखा सञ्जाल रहेको एनआईशी एशिया बैंक योसँग २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईसहितको बैंक बनेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ जुन निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो हो ।
हालसम्म यस बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको समेत जनाएको ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: