×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०%

डिबेन्चर नोटिस :
कम्पनी :एनएमबि बैंक 
खुल्ला भएको दिन : आज (बिहीबार, फागुन ३० गते)
ऋणपत्र : ३० लाख कित्ता
भर्ने अन्तिम दिन : चैत ४ गते
विवरण :
एनएमबि बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०५ एनएमबि डिबेन्चर २०८५’ जारी गरेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ६० हजार कित्ता म्युचुअल फन्डलाई र बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । बैंकले यो ऋणपत्रको अवधि १० वर्षको हुने र वार्षिक १०% ब्याजदर दिने जनाएको छ । यस ऋणपत्रमामा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: