'रेप केस'मा पक्राउ परेका एनआइसी एशियाका ब्रान्च मेनेजर 'सस्पेन्ड', बैंक भन्छ, 'आरोप पुष्टी नभए उहाँ बैंक फर्कनुहुन्छ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- १६ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठसहित पक्राउ परेका एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदीलाई बैंकले केस चलुन्जेलसम्मका लागि सस्पेन्ड गरेको छ । बैंकको गण्डकी प्रदेश क्षेत्रीय प्रमुख दिपेन्द्र शर्माका अनुसार उनी पक्राउ परेसँगै उनलाई बैंकले सस्पेन्ड गरेको हो । सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ । बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ । पोखरा फुलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पस्र्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी गण्डकी बिकास बैंकमा आवद्ध थिए । 

यता एनआइसी एशिया बैंकले उनको आरोप पुष्टी नभए काममा फर्काउने बताएको छ । 'उहाँलाई आरोपमात्र लागेको हो, पुष्टी भएको होइन । पुष्टि भए बैंकमा राख्ने कुरा हुँदैन । तर पुष्टी नभए उहाँ बैंक फर्कनुहुन्छ ।' बैंकको गण्डकी प्रदेश क्षेत्रीय प्रमुख शर्माले अर्थ सरोकार डटकमसँग भने ।
प्रकाशित : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal