×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा रकम

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रुकूमकोटकी ग्राहक सदस्य सुन कुमारी घर्तीको निधन भएकाले संस्थाले बीमा क्षतिपुर्ति बापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले एक कार्यक्रममो आयोजना गरी स्वर्गिय सुन कुमारी घर्तिको हकवाला आमा जोख माया घर्तिलाई बिमा क्षतिपुर्ति बापतको २ लाख २५ हजार रकम गाउँपालिका अध्यक्ष रामसुर बुढाले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संस्थाका शाखा प्रमुख रोमहर्ष भण्डारी, भुमे गाउँपालिका का अध्यक्ष रामसूर बुढा लगाएतले स्वर्गिय सुन कुमारी घर्तीको योगदान बारेमा चर्चा गरेका थिए ।
शाखा प्रमुख भण्डारीले सो कार्यक्रममा बोल्दै, मृतक घर्तीको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था शाखा कार्यालय रुकुमकोटबाट कर्जा कारोवार गरिरहेको अवस्थामा निधन भएको थियो । संस्थाले आफ्ना ग्राहकहरुको कर्जा लिने समयमा सानो रकम बाट बीमा गराएको कारण दुःखको यस घडीमा मृतकका हकवालालाई बिमा बापतको राहत रकम दिन सकिएको र सो बिमा बापतको रकमले मृतकको परिवारमा कर्जाको आर्थिक भार नपर्ने र कर्जा बाहेकको थप क्षतिपुर्ति रकमले थप आयआर्जन कृयाकलापमा लाग्न प्रेरणा मिल्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: