×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीद्वारा त्रिशुली थ्री ‘बी’को अधिकतम कित्ता खरीदका लागि आवेदन, भने,’आफ्नो देश आफैं बनाउनुपर्छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनामा सेयर लगानी गरेका छन् । ओलीले १० हजार कित्ता सेयर लगानी गर्न आवेदन दिएका छन् । ओलीले बालुवाटारबाट सेयर आवेदन दिएका हुन् । यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि १ हजार कित्ता सेयर लगानीका लागि आवेदन दिएका छन् । कम्पनीले बिहीबारबाट आयोजनाको सेयर निष्कासन गरेको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते) आवेदन दिन आह्वान गरिएको थियो । 
कम्पनीले निष्कासन गरेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । 
सेयर भरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘अब अरुसँग धेरै हात नथापौं, आफ्नो देश आफैं बनाउनुपर्छ । देशभित्र रहेका र बाहिर रहेका सबैलाई आग्रह गर्छु । गैरआवासीय नेपाली, श्रमका लागि बाहिर बसेका, वा अरु प्रयोजनका लागि बाहिर रहेका नेपालीहरु सबैलाई म आग्रह गर्न चाहन्छु, यसमा लगानी गरौं । यसलाई यथाशीघ्र नमूना आयोजनाको रुपमा सफल पारौं ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: