×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पाँचथर पावर १७ लाख ५० हजार २५० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :

इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : सोमबार, फागुन १३ गते
कित्ता : १७ लाख ५० हजार २५० कित्ता सेयर
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार ६२० कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीलाई २% अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५% अर्थात ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।

कम्पनीले बिहीबार आवेदन बन्द गर्न लागेको थियो । तर पर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले बिहीबार सार्वजनिक विदा दिएका कारण आइपीओ भर्ने म्याद शुक्रबारसम्म पुर्याइएको हो ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: