प्रभु बैंकको साधारण सभा दिउँसो १ बजे हुँदै, ८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : प्रभु बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : आज (आइतबार, फागुन १९ गते)

विवरण :
प्रभु बैंकको साधारण सभा आज दिउँसो १ बजे बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा हुने भएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज गरेको थियो । 

साधारण सभाका प्रस्ताव : 
८% बोनस सेयर दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीतर्फ ४५% बनाउने। 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने। 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :  १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १६८ रुपैयाँ ३ पैसा ।
प्रकाशित : Sunday, March 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal