×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकबाट बिदा हुँदै रत्नराज बज्राचार्य, अप्रिलदेखि बिदामा बस्ने, बैंकिङबाटै बिदा भएर आफ्नै काम गर्ने योजना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – रत्न राज बज्राचार्यले सनराइज बैंक छोड्ने भएका छन् । बैंकमा आफ्नो एक कार्यकाल सकिएपछि अन्तत: उनले बैंक छोड्ने निर्णय गरेका हुन् । मे, २०१५ देखि सनराइज बैंकको सीइओको कमान सम्हालेका बज्राचार्यले आफ्नो ४ बर्षे कार्यकाल सकिएसँगै बैंक छोड्न लागेका हुन् । बैंकिङ तथा बित्तिय क्षेत्रमा लामो अनुभव लिएर उनी यो क्षेत्रबाटै बाहिरिन लागेका हुन् । 
लामो समय नेपाल राष्ट्र बैंकमा समेत काम गरेका उनी सनराइज बैंकमा आउनु एनसीसी बैंक तथा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको पदसमेत सम्हालीसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् । उनको सिए फर्म आरआर बज्राचार्य एण्ड कम्पनी कुनै बेला निकै चलेको सिए फर्म हो भने उनी कन्सलटेन्सी सेवाका लागि पनि प्रख्यात छन् ।
बैंकको जागिर छोडेसँगै उनी आफ्नै पूरानो व्यवसायमा फर्कने प्रयास गर्दैछन् । निकै चलेको उनको पूरानो कन्सलटेन्सी म्याक कन्सल्टेन्सीलाई पुन: सुरु गर्न लागेका उनी त्यसपछि सोहि सेवामा निरन्तर रहने योजनामा छन् । नेपाली सिए क्षेत्रमा महत्वपूर्ण योगदान दिएका उनलाई नेपाली सिए क्षेत्रमा समेत धेरैले आदर्श व्यक्तिका रुपमा लिने गरेका छन् । बैंकिङमा एग्रेसिभ सीइओका रुपमा चिनिने उनी अव यो क्षेत्रबाट नै बाहिरिन लागेका हुन् ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: