रिलायन्स फाइनान्सले गर्यो २.६३% नगद लाभांश दिने घोषणा

काठमाडौं - रिलायन्स फाइनान्स लि.ले २.६३% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले कुल २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ नगद लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो । यस्तै, कर प्रयोजनका लागि १० लाख ९५ हजार २८४ रुपैयाँ दिनेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :



प्रकाशित : Tuesday, March 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal