×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्योदाइ रेमिट्यान्सबाट आइएमई गर्दा ५ लाखकाे दुर्घटना जीवन वीमा

काठमाडौं – जापानको क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ ।
क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दाबढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ ।
सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिने मध्यबाट २ हजार १३७ जनाको प्रतिव्यक्ति रु. ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: