×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरे के हुँदैन ? घाँस र मासु बेचेरै प्रदेश ५कै नम्बर १ बन्यो महिला सहकारी, बीमामा पनि अब्बल, आफ्नै भवन पनि बन्दै !

 रुपन्देही
  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही- नेपालमा सम्भावना नै छैन, केहि गर्ने वातावरण नै छैन भन्नेहरुका लागि बुटवलको एक सहकारी नमूना सहकारी बन्न सफल भएको छ । रूपन्देही सैनामैनाको मुर्गियास्थित उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाले बचत तथा ऋणको कारोबार मात्रै गर्दैन बरु महिलाहरूलाई उद्यमशील समेत बनाएको छ । मासु पसल, सुपथ मूल्य पसल, घाँस खेती र पशु बीमाको काम पनि गरेर जिल्लाकै नम्बर १ महिला सहकारी बन्न सफल भएको छ ।
२०६९ साल असारमा शुरु भएको यो सहकारी महिलामात्रै आवद्ध सहकारीहरुमध्ये प्रदेश ५ कै ठूलो सहकारी हो । सहकारीकी अध्यक्ष शारदा चालिसेको दावीअनुसार यो सहकारीमा आवद्ध सदस्यले पालेका खसी–बोकालाई उचित मूल्य दिएर सहकारीले नै खरिद गर्ने गरी मासु पसल आफैं चलाएको छ । उनका अनुसार गएको आर्थिक वर्षमा सहकारीको मासु पसलले ६ सय ७७ वटा खसी बोकाको मासु तथा ८५ वटा जिउँदो बेचेर ३० लाख ७५ हजार आम्दानी भएको छ । सहकारीले सञ्चालन गरेको उपभोक्ता पसलबाट मासिक सरदर ५ लाख रुपैयाँको कारोबार हुने गरेको छ । 
यता उक्त सहकारीले तीन बिघामा घाँसको बिउ उत्पादनसहित ६ बिघा जग्गामा घाँस खेती पनि गरेको छ । पशुपालनलाई प्रवद्र्धन गर्न सहकारीले एक हजार एक सय बाख्रा र ५८ वटा गाईभैंसीको बीमा गराएको छ ।सहकारीकी अध्यक्ष चालिसेका अनुसार सहकारीले सञ्चालन गरेको मासु पसललाई पशु सेवा कार्यालयले एक लाख रूपैयाँ अनुदान दिएको छ ।
गत आर्थिक वर्ष १५ लाख रुपैयाँ खुद नाफा कमाएको सहकारीले यो आर्थिक वर्षभित्र सदस्य संख्या ४ हजार पुर्‍याउने र आउँदो २ वर्षभित्र सैनामैनाकै सोरौलीमा आफ्नै स्वामित्वको एकबिघा बढी जग्गामा भवन बनाउने लक्ष्य रहेको अध्यक्ष चालिसे बताउँछिन् । आखिर गरे के गर्न नसकिने रहेछ र ? भन्ने उदाहरण यो सहकारी बन्न सफल भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: