साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
लाभांश : ३५% (२५% बोनस सेयर र १०% नगद )
बुक क्लोज : फागुन २४ देखि चैत ११ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज ( बिहीबार, फागुन २३ गते)

विशेष साधारण सभा : चैत ११

विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २४ देखि चैत ११ गतेसम्म हुने भएको छ ।

साधारण सभाका प्रस्ताव : 
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने। 
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे ।
प्रकाशित : Thursday, March 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal