साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्ष पदमा पुनः लक्ष्मीदास मानन्धर

काठमाडौँ - साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्ष पदमा श्री लक्ष्मीदास मानन्धर पुनः निर्वाचित हुनु भएको छ । सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्व साधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको पनि निर्विरोध निर्वाचित गरेको थियो । यसरी निर्वाचित हुने सञ्चालकहरुमा लक्ष्मीदास मानन्धर, कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन रहेका छन्  । नवनिर्वाचित सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ । 
प्रकाशित मिति : Tuesday, March 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal