सांग्रिला डेभलपमेन्ट बैंकको 'सिएसआर': उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई समेत सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई कम्प्युटर लगायतका अन्य सामग्री हस्तान्तरण गरेका हुन । बैंकले ८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित : Thursday, March 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal