सानिमा लाईफ इन्स्योरेन्स र सिन्धु विकाश बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन वीमा सेवा लिन सकिने

काठमाडौँ - सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु विकाश बैंक लि.बीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । कम्पनीले एक कार्यक्रमका बीच सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सिन्धु विकाश बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो सम्झौतामा हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थीति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले सिन्धु विकाश बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ । 
प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal