×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ गते बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौँ – सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते विशेष साधारणसभा गर्ने भएको छ । चैत ११ गते बसेको  बैंकको सञ्चालक समितिको १४३ औँ बैठकले साधारण सभा उक्त मितिमा  बिराटनगरको उद्योग संगठन मोरङमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।

बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित विशेष साधारणसभा डाकेको हो । साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने प्रयोजनका लागि नेप्सेमा माघ ४ गतेदेखि बुक क्लोज रहेको छ । दुई संस्थाबीच एकीकृत कारोबार नभएसम्मका लागि बैंकको बुक क्लोज रहने संस्थाले जनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, काबेली विकास बैंकका चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई  विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: