चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी घोषणा


काठमाडौँ - यहि चैत्र २३ गते हुँदै गरेको नेपाल चलचित्र कलाकार संघ को निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सोहि स्टाटस मार्फत सहयोगको अपिल समेत गरेकी छिन ।

यस अघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हाली सकेकी लामिछाने बिक्रम सम्बत २०५५ सल्ला देखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्द छिन । चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्। पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।
प्रकाशित मिति : Thursday, March 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal